मुक्ति
मुक्ति: विश्वासद्वारा अनुग्रहले ख्रीष्ट येशूमा मात्र मुक्ति पाईन्छ। लगभग आठ अर्ब जनसंख्या भएको हाम्रो विश्वमा ६८ सय भाषाहरू र ६३ सय धर्महरू छन् भन्ने अनुमान विज्ञहरुले गरेका छन्। तर, इसाई विश्वास बाहेक--जो बाइबलमा आधारित छ--अरु कुनै पनि धर्महरुले विश्वासद्वारा अनुग्रहले मुक्ति पाईन्छ भन्ने कुरा सिकाउँदैन। अरु धर्महरूका अनुसार व्यक्तिको मुक्ति उसको काममा आधारित हुन्छ। यसकारण, यदि कसैले असल काम गर्छ भने उसले मुक्ति पाउँछ, तर गर्दैन भने पाउँदैन। तर, इसाई विश्वास अनुसार व्यक्तिको मुक्ति उसको काममा नभई उसलाई बचाउने मुक्तिदाताको काममा आधारित छ। किनकि, सबै मानिसहरू पापी छन् (रोमी ३:१०-२३)। पापले मानिसलाई अशक्त बनाएको छ र पापी मानिस आफैले आफूलाई यस अवस्थाबाट बचाउँन केही गर्न सक्दैन (एफिसी २:१-५)। उसले गरेको हरेक काम पापले गर्दा आफ्नो उदारको लागि अशुद्ध र अपूर्ण भएको छ। र अन्त्यमा उसलाई उसको पापले नरक पुर्याउँछ। यसकारण, यदि कुनै व्यक्तिले मुक्ति पाउने हो भने उसले आफ्नो काममा नभई उसलाई बचाउने मुक्तिदाता र उहाँको काममा आफ्नो विश्वास (भरोसा) राख्नुपर्छ। तर के आफैले बचाउँन नसक्ने मानिसहरूको नि...