Posts

Showing posts from June, 2021

ख्रीष्ट येशूको पुनरुत्थानको तीन अकाट्य प्रमाणहरू

Image
  ख्रीष्ट येशूको पुनरुत्थानको तीन अकाट्य प्रमाणहरू पुनरुत्थान शब्दले "मृत्यु पछि फेरि जीवित भई उठ्ने" तथ्यलाई जनाउँदछ। यो तथ्य इसाई विश्वासको एक अति महत्त्वपूर्ण अंश हो। वास्तवमै भन्नुपर्दा, इसाई विश्वास ख्रीष्ट येशूको पुनरुत्थानमा स्थापित एक एतिहासिक विश्वास हो, जुन विश्वास यस तथ्य विना एक सेकेन्ड पनि टिक्न सक्दैन। किनकी, इसाई विश्वास अनुसार ख्रीष्ट येशूको पुरुत्थान विना मानिसहरुको पाप क्षमा असम्भव छ र पाप क्षमा विना इसाई विश्वासमा लाग्नु व्यर्थ र अर्थहीन हुन्छ। तर, यदि ख्रीष्ट येशूको पुनरत्थान सत्य तथ्य हो भने, इसाई विश्वास बाहेक अरु कुनै पनि धर्म वा धार्मिक आस्थामा लाग्नु व्यर्थ र अर्थहीन हुन्छ।  तर, के ख्रीष्ट येशूको पुनरुत्थान प्रमाणित गर्न सकिने सत्य इसाई विश्वास हो? हामीहरूसँग तीन अकाट्य प्रमाणहरू छन्, जसले यस विश्वासलाई सत्य हो भनी पुष्टि गर्दछ। हाम्रा प्रमाणहरू यसप्रकार छन्: १. रित्तो चिहान: येशू ख्रीष्टलाई रोमी सिपाहीहरुले क्रुसमा टाँगेर मारेका थिए (मत्ति २७:३५; मर्कूस १५:२४; लुका २३:३३; यूहन्ना १९:१८)। उहाँको मृत्यु पछि, उहाँलाई अरिमाथिया भनिने ठाउँको योसेफ नाउँ गर...