गर्भपतन: गर्भपतन गर्नु वा गराउनु किन पाप हो?

गर्भपतन: गर्भपतन गर्नु वा गराउनु किन पाप हो? गर्भपतन भन्नाले महिलाहरुको गर्भ भित्र रहेको भ्रूणलाई विभिन्न औषधिहरू वा उपकरणहरू प्रयोग गरी नष्ट गर्ने कार्यलाई जनाउँछ। यो कार्य आज भन्दा दुई हजार वर्ष अघि देखि नै पूर्वी समाजहरुमा अभ्यासमा आएको भएपनि, अहिले जस्तो ठूलो संख्यामा भने थिएन। अहिले, श्रीमान र श्रीमती बीच योजना बेगर गर्भमा आएको बच्चा मात्र नभई अविवाहित युवा युवतीहरु बीच शारीरिक सम्बन्ध भएर आएको भ्रुनहरु पनि ठूलो संख्यामा मारिने तथ्य स्वास्थ्य विभागहरुबाट प्राप्त गर्न सकिन्छ। नेपालमा गर्भपतन गराउन पाउने नियम सन् २००२ बाट मात्र लागु गरिएको थियो। यस अघि गर्भपतन गराउनु कानुनी हिसाबले दण्डनीय थियो। वास्तवमा, सन् २००२ अघि, लगभग २०% महिलाहरु गर्भपतन सम्बन्धी कुराहरुले गर्दा थुनामा राखिएको थियो। गर्भपतन गराउन पाउने नियम लागू भइसकेपछि नेपालमा लाखौं संख्यामा भ्रूण हत्या भएको कुरा स्वास्थ्य विभागहरुको तथ्याङ्कहरुबाट प्रष्ट देख्न सकिन्छ। गटमाकर इन्स्टिच्युट (Guttmacher Institute) नामक संस्थाले प्रकाशन गरेको एक तथ्याङ्क अनुसार, सन् २०१४ मा मात्र नेपालमा तीन लाख तेईस हजार ओटा (३२३०००...