Posts

Showing posts from December, 2021

ख्रीष्टमस

Image
ख्रीष्टमस ख्रीष्टमस शब्द सुन्ना साथ हामी विश्वासीहरूलाई विभिन्न कुराहरूको याद आउँछ। ख्रीष्टको जन्मदिनको याद आउँछ। त्यो दिन काटिने केकको याद आउँछ। क्यारोलमा गरिने रमाइलो नाँचगानको याद आउँछ। घर अनि मण्डलीको सर-सझावतको याद आउँछ। कतिलाई त मण्डलीमा खाइने भोज कै मात्र पनी याद आउला! गरिने उपहारहरुको आदान प्रदानको याद आउँछ। नयाँ लुगाफाटाहरुको याद आउँछ। कतिको त खर्चको चिन्ताले प्रेसर नी बढ्ला! तर के ख्रीष्टमस यति नै हो त? के साच्चै ख्रीष्टमस खानपिन, सर-सझावत र लवाहि-खवाहि मात्रै हो? साँच्चै सोध्नु पर्दा, ख्रीष्टमसको साँचो अर्थ चाहि के हो? ख्रीष्टमस ट्री किन? किन स्टार झुँड्याउने? किन सन्ता क्लाउस्को पुत्ला? किन उपहार आदान-प्रदान? किन क्यारोल?  नेपाली शब्द "ख्रीष्टमस" अङ्ग्रेजी भाषाबाट लिइएको सापटी शब्द हो। यो शब्द सन् १५६८ देखि प्रयोगमा आएको देखिन्छ। वास्तवमा, 'ख्रीष्टमस' शब्द दुई पुरानो अङ्ग्रेजी शब्दहरु, 'ख्रीष्टस' र 'म्यास' (Cristes mæsse) मिलेर बनेको शब्द हो। यी पुरानो अङ्ग्रेजी शब्दहरू सन् ११२३ देखिनै प्रयोगमा आएको भेटिन्छ। यसकारण, "ख्रीष्टमस" शब...