के तपाई धन्यवादी हुनुहुन्छ?
धन्यवादी हुनुहोस! यी अमेरिकी नागरिक सुँगुरको आनुवंशिक रुपमा परिमार्जित मुटु शल्यक्रियामार्फत आफूमा प्रत्यारोपण गरी पाउने विश्वको पहिलो व्यक्ति बनेका छन्। डेभिड बेन्नेट नाम गरेका यी ५७ वर्षीय मानिसको अन्तिम उपाय कि मर्ने कि सुँगुरको मुटु प्रत्यारोपण गरी बाँच्ने थियो। यसै अवस्थालाई मध्यनजर गरेर अमेरिकी चिकित्सा नियामकले युनिभर्सिटी अफ म्यारिल्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई सुँगुरको मुटु उनमा प्रत्यारोपण गर्ने विशेष अनुमति प्रदान गरेका थिए। यस्तो उपचार इतिहासमै पहिलो पटक भएको हुनाले उक्त व्यक्ति कति समय सम्म बाँच्ने छ वा यस उपचार कतिको प्रभावकारी हुनेछ भन्ने कुराहरूमा विज्ञहरु निश्चित नभएको बताउँछन्। यद्यपी, बेन्नेटले नयाँ जीवन पाएको आज चार दिन भइसकेको छ र उनी अस्पतालको ओछ्यानबाट चाँडै उठ्न पाउने आशाका साथ अस्पतालमा बसिरहेका छन्। के तपाई यस प्रकारको उपचार प्राप्त गर्न सक्षम हुनुहुन्छ? के तपाईको मुटुले काम गर्न छोड्यो र अरू कुनै मानिसको मुटुलाई पनि तपाईमा प्रत्यारोपण गर्न नमिल्ने भयो भने यसरी उपचार गर्न तयार हुनुहुन्छ? तपाईको जीवन र तपाईको स्वास्थ्य दुवै परमेश्वरको अनु...