बाइबल के हो?


बाइबल के हो?

बाइबल एक अद्वितीय परमेश्वरको प्रेरणाद्वारा लेखिएको ६६ पुस्तकहरूको संकलन हो, जसमा परमेश्वरको पवित्रता, मानिसहरूको पाप, परमेश्वरको प्रेम र पापीहरूको छुटकाराको विषयमा लेखिएको छ।

बाइबलमा दुई मुख्य भागहरु छन्: १. पुरानो करार र २. नयाँ करार। पुरानो करारमा ३९ ओटा पुस्तकहरू छन् भने नयाँ करारमा २७ ओटा पुस्तकहरू छन।
  
बाइबलमा जम्मा ११८९ अध्यायहरू र ३११०२ पदहरू छन्। पुरानो करारमा ९२९ अध्यायहरू र २३१४५ पदहरू छन् भने, नयाँ करारमा २६० अध्यायहरू र ७९५७ पदहरू छन्। दैनिक रूपमा ३ देखि ४ अध्याय अध्यायन गर्ने हो भने बाइबललाई १ वर्ष भित्र अध्ययन गरी सकाउन सकिन्छ।

बाइबलको सबै भन्दा लामो अध्याय भजनसंग्रह ११९ हो र सबै भन्दा छोटो अध्याय भजनसंग्रह ११७ हो। दुवै अध्यायहरू बाइबलको एउटै भाग र पुस्तक बाट हुन।

बाइबलको मध्य अध्याय भजनसंग्रह ११८ हो र यो बाइबलको ५९५ औं अध्यायमा पर्छ। बाइबलको मध्य अध्यायमा नै मध्य पद पर्दछ र त्यो पद भजनसंग्रह ११८:८ हो, जहाँ यसरी लेखिएको छ: "परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।"
बाइबलको सबैभन्दा छोटो पद यूहन्ना ११:३५ हो, जसमा मात्र दुई शब्दहरू छन्: "येशू रुनुभयो।" पुरानो करारको छोटो पद १ इतिहास २:२५ हो भने, नयाँ करारको छोटो पद यूहन्ना ११:३५ हो।  

बाइबल विभिन्न पेशा, विभिन्न महादेश (अर्थात्, एसिय, अफ्रिका र युरोप) र अलग-अलग समयका ४० भन्दा धेरै लेखकहरूले पवित्र आत्माको नियन्त्रण र निर्देशनमा लगभग १५०० वर्षको समय अन्तरालमा (अर्थात्, १४०० ई.पु. देखि सन् १०० भित्रमा) लेखिएको थियो। 

गिनिज वर्ल्ड रेकर्डको अनुसार विश्वको सबै भन्दा पुरानो प्रकाशित पुस्तक गुटेनबर्ग बाइबल हो, जुन सन् १५५४-५५ मा छापिएको थियो।

ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ, एम. डिभ.


Comments

Popular posts from this blog

मुक्ति

बाइबलले नरकको विषयमा के बताएको छ?

गूड फ्राइडे (असल शुक्रबार)