गूड फ्राइडे (असल शुक्रबार)
गूड फ्राइडे (असल शुक्रबार)
विश्वभरि प्राय जसो सबै इसाईहरुले प्रत्येक वर्ष गूड फ्राइडे अर्थात् असल शुक्रबार मनाउने गर्दछन्। तर वास्तवमा, यो भनेको के हो? किन यो मनाईन्छ? के यसमा कुनै फाइदाका कुराहरू छन्?
गूड फ्राइडे प्रत्येक वर्षमा एक पटक आउने एउटा यस्तो दिन हो जुन दिन ख्रीष्टका जनहरुले उहाँलाई क्रूसमा टाँगिएको घटनालाई स्मरण गर्ने गर्दछ। वास्तवमा आज भन्दा झण्डै दुई हजार वर्ष अघि शुक्रबारको दिन येशु ख्रिष्टले भोग्नु परेको दुःखलाई नियाल्दा यो दिनलाई असल शुक्रबार भन्न गाह्रो छ, तर यसलाई असल शुक्रबार भनिनुको कारण छ:
सबै मानिसहरू पापी छन् र यदि ख्रीष्ट येशूले मानिसहरूको पापको निम्ति ती पीडाहरू, ती चोटहरू, ती दुःखहरू सहन यस संसारमा नआउनु भएको भए, हाम्रो पाप बोकेर क्रूसमा नमर्नु भएको भए अझै सम्म हाम्रो पाप क्षमा हुँदैन थियो। हामी हाम्रो पापमा नै नष्ट हुने थियौं। र हामीहरू नरक जानु पर्ने हुन्थ्यो। उहाँलाई धन्यवाद होस किनकी उहाँ यस संसारमा आउनु भयो। शुक्रबारको दिन क्रूसको दुःख सहनु भयो। हाम्रो पापको निम्ति मर्नु भयो। र तेस्रो दिनमा जिवित भई उठ्नु भयो (जुन दिनलाई हामी इस्टर संडे अर्थात् पुनरुत्थानको दिन भन्छौ)।
यो दिनलाई हामीले अर्थपूर्ण बनाउन दुईओटा क्रियाकलापहरू गर्न सक्छौं: १. मण्डली सभा बोलाएर त्रिएक परमेश्वरलाई धन्यवाद दिने, र २. मण्डली भित्रै वा घर घर पुगेर सबै मानिसहरुलाई ख्रीष्ट येशू मानिसहरुको पापको निम्ति मर्नु भएको, गाडिनु भएको र तेस्रो दिनमा जीवित भई उठ्नु भएको शुभ सन्देश सुनाउने।
यसले परमेश्वरको महिमा हुन्छ, अविश्वासीहरुको उद्धार हुन्छ र विश्वासीहरूमा प्रभु प्रतिको प्रेम अझ गाढा हुनेहुँदा इसाई जीवन आशिषमय बन्छ। धन्यवाद।
साजन श्रेष्ठ।
Comments
Post a Comment