विश्वासीहरुलाई भूतप्रेत लाग्छ कि लाग्दैन?

विश्वासीहरुलाई भूतप्रेत लाग्छ कि लाग्दैन? भूतप्रेत लाग्ने भन्नाले कुनै पनि व्यक्तिलाई दुष्टआत्माले उ भित्र प्रवेश गरेर उसको सोच, विचार वा क्रियाकलापलाई नियन्त्रण गर्ने कुरालाई जनाउँछ। बाइबलमा, विशेष गरी न विश्वासीहरुलाई भूतप्रेत लाग्छ कि लाग्दैन? याँ करारको सुसमाचारका पत्रहरुमा, भूतप्रेत/भूतआत्मा लागेको थुप्रै उदाहरणहरू पाईन्छ (हेर्नुहोस्, मत्ति ४:२४; ८:१६, २८-३९; ९:३२-३३; १२:२२; १५:२२; १७:१८; मर्कूस १:३२; ५:१-२०; ७:२६-३०; लुका ४:३३-३६; ८:३६; २२:३; यूहन्ना १०:२१; प्रेरित १६:१६-१८ आदि)। भूतप्रेत/दुष्टआत्मा लाग्दा विविध लक्षणहरु देखा पर्न सक्छन्। कसै-कसैले असाधारण बल देखाउँनसक्छ; कसै-कसैले गोप्य वा अनौठो कुरा थाहा पाउन/प्रकट गर्नसक्छ (प्रेरित १६:१६-१८); कोही कोहीको मानसिक सन्तुलन गुम्न सक्छ (मर्कूस ५:१-२०); कोही गुँगो हुनसक्छ (मत्ति ९:३२); कोही बहिरो हुनसक्छ; कोही अन्धो हुनसक्छ (मत्ति १२:२२); कसै-कसैलाई छारेरोगको लक्षण देखा पर्नसक्छ (मत्ति १७:१४-१८); र कतिको भावनात्मक असन्तुलन हुनसक्छ। [याद गर्नुहोस्: यी लक्षणहरु दुष्ट-आत्मा बाहेक अन्य कारणहरुले पनि देखा पर्न सक्छ। यसकारण, प्रा...