Posts

मुक्ति

Image
मुक्ति: विश्वासद्वारा अनुग्रहले ख्रीष्ट येशूमा मात्र मुक्ति पाईन्छ। लगभग आठ अर्ब जनसंख्या भएको हाम्रो विश्वमा ६८ सय भाषाहरू र ६३ सय धर्महरू छन् भन्ने अनुमान विज्ञहरुले गरेका छन्। तर, इसाई विश्वास बाहेक--जो बाइबलमा आधारित छ--अरु कुनै पनि धर्महरुले विश्वासद्वारा अनुग्रहले मुक्ति पाईन्छ भन्ने कुरा सिकाउँदैन।  अरु धर्महरूका अनुसार व्यक्तिको मुक्ति उसको काममा आधारित हुन्छ। यसकारण, यदि कसैले असल काम गर्छ भने उसले मुक्ति पाउँछ, तर गर्दैन भने पाउँदैन। तर, इसाई विश्वास अनुसार व्यक्तिको मुक्ति उसको काममा नभई उसलाई बचाउने मुक्तिदाताको काममा आधारित छ। किनकि, सबै मानिसहरू पापी छन् (रोमी ३:१०-२३)। पापले मानिसलाई अशक्त बनाएको छ र पापी मानिस आफैले आफूलाई यस अवस्थाबाट बचाउँन केही गर्न सक्दैन (एफिसी २:१-५)। उसले गरेको हरेक काम पापले गर्दा आफ्नो उदारको लागि अशुद्ध र अपूर्ण भएको छ। र अन्त्यमा उसलाई उसको पापले नरक पुर्याउँछ। यसकारण, यदि कुनै व्यक्तिले मुक्ति पाउने हो भने उसले आफ्नो काममा नभई उसलाई बचाउने मुक्तिदाता र उहाँको काममा आफ्नो विश्वास (भरोसा) राख्नुपर्छ। तर के आफैले बचाउँन नसक्ने मानिसहरूको नि...

के तपाई धन्यवादी हुनुहुन्छ?

Image
धन्यवादी हुनुहोस! यी अमेरिकी नागरिक सुँगुरको आनुवंशिक रुपमा परिमार्जित मुटु शल्यक्रियामार्फत आफूमा प्रत्यारोपण गरी पाउने विश्वको पहिलो व्यक्ति बनेका छन्।  डेभिड बेन्नेट नाम गरेका यी ५७ वर्षीय मानिसको अन्तिम उपाय कि मर्ने कि सुँगुरको मुटु प्रत्यारोपण गरी बाँच्ने थियो। यसै अवस्थालाई मध्यनजर गरेर अमेरिकी चिकित्सा नियामकले युनिभर्सिटी अफ म्यारिल्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई सुँगुरको मुटु उनमा प्रत्यारोपण गर्ने विशेष अनुमति प्रदान गरेका थिए।  यस्तो उपचार इतिहासमै पहिलो पटक भएको हुनाले उक्त व्यक्ति कति समय सम्म बाँच्ने छ वा यस उपचार कतिको प्रभावकारी हुनेछ भन्ने कुराहरूमा विज्ञहरु निश्चित नभएको बताउँछन्। यद्यपी, बेन्नेटले नयाँ जीवन पाएको आज चार दिन भइसकेको छ र उनी अस्पतालको ओछ्यानबाट चाँडै उठ्न पाउने आशाका साथ अस्पतालमा बसिरहेका छन्। के तपाई यस प्रकारको उपचार प्राप्त गर्न सक्षम हुनुहुन्छ? के तपाईको मुटुले काम गर्न छोड्यो र अरू कुनै मानिसको मुटुलाई पनि तपाईमा प्रत्यारोपण गर्न नमिल्ने भयो भने यसरी उपचार गर्न तयार हुनुहुन्छ?  तपाईको जीवन र तपाईको स्वास्थ्य दुवै परमेश्वरको अनु...

ख्रीष्टमस

Image
ख्रीष्टमस ख्रीष्टमस शब्द सुन्ना साथ हामी विश्वासीहरूलाई विभिन्न कुराहरूको याद आउँछ। ख्रीष्टको जन्मदिनको याद आउँछ। त्यो दिन काटिने केकको याद आउँछ। क्यारोलमा गरिने रमाइलो नाँचगानको याद आउँछ। घर अनि मण्डलीको सर-सझावतको याद आउँछ। कतिलाई त मण्डलीमा खाइने भोज कै मात्र पनी याद आउला! गरिने उपहारहरुको आदान प्रदानको याद आउँछ। नयाँ लुगाफाटाहरुको याद आउँछ। कतिको त खर्चको चिन्ताले प्रेसर नी बढ्ला! तर के ख्रीष्टमस यति नै हो त? के साच्चै ख्रीष्टमस खानपिन, सर-सझावत र लवाहि-खवाहि मात्रै हो? साँच्चै सोध्नु पर्दा, ख्रीष्टमसको साँचो अर्थ चाहि के हो? ख्रीष्टमस ट्री किन? किन स्टार झुँड्याउने? किन सन्ता क्लाउस्को पुत्ला? किन उपहार आदान-प्रदान? किन क्यारोल?  नेपाली शब्द "ख्रीष्टमस" अङ्ग्रेजी भाषाबाट लिइएको सापटी शब्द हो। यो शब्द सन् १५६८ देखि प्रयोगमा आएको देखिन्छ। वास्तवमा, 'ख्रीष्टमस' शब्द दुई पुरानो अङ्ग्रेजी शब्दहरु, 'ख्रीष्टस' र 'म्यास' (Cristes mæsse) मिलेर बनेको शब्द हो। यी पुरानो अङ्ग्रेजी शब्दहरू सन् ११२३ देखिनै प्रयोगमा आएको भेटिन्छ। यसकारण, "ख्रीष्टमस" शब...

गर्भपतन: गर्भपतन गर्नु वा गराउनु किन पाप हो?

Image
गर्भपतन: गर्भपतन गर्नु वा गराउनु किन पाप हो?  गर्भपतन भन्नाले महिलाहरुको गर्भ भित्र रहेको भ्रूणलाई विभिन्न औषधिहरू वा उपकरणहरू प्रयोग गरी नष्ट गर्ने कार्यलाई जनाउँछ। यो कार्य आज भन्दा दुई हजार वर्ष अघि देखि नै पूर्वी समाजहरुमा अभ्यासमा आएको भएपनि, अहिले जस्तो ठूलो संख्यामा भने थिएन। अहिले, श्रीमान र श्रीमती बीच योजना बेगर गर्भमा आएको बच्चा मात्र नभई अविवाहित युवा युवतीहरु बीच शारीरिक सम्बन्ध भएर आएको भ्रुनहरु पनि ठूलो संख्यामा मारिने तथ्य स्वास्थ्य विभागहरुबाट प्राप्त गर्न सकिन्छ। नेपालमा गर्भपतन गराउन पाउने नियम सन् २००२ बाट मात्र लागु गरिएको थियो। यस अघि गर्भपतन गराउनु कानुनी हिसाबले दण्डनीय थियो। वास्तवमा, सन् २००२ अघि, लगभग २०% महिलाहरु गर्भपतन सम्बन्धी कुराहरुले गर्दा थुनामा राखिएको थियो।  गर्भपतन गराउन पाउने नियम लागू भइसकेपछि नेपालमा लाखौं संख्यामा भ्रूण हत्या भएको कुरा स्वास्थ्य विभागहरुको तथ्याङ्कहरुबाट प्रष्ट देख्न सकिन्छ। गटमाकर इन्स्टिच्युट (Guttmacher Institute) नामक संस्थाले प्रकाशन गरेको एक तथ्याङ्क अनुसार, सन् २०१४ मा मात्र नेपालमा तीन लाख तेईस हजार ओटा (३२३०००...

विश्वासीहरुलाई भूतप्रेत लाग्छ कि लाग्दैन?

Image
  विश्वासीहरुलाई भूतप्रेत लाग्छ कि लाग्दैन? भूतप्रेत लाग्ने भन्नाले कुनै पनि व्यक्तिलाई दुष्टआत्माले उ भित्र प्रवेश गरेर उसको सोच, विचार वा क्रियाकलापलाई नियन्त्रण गर्ने कुरालाई जनाउँछ। बाइबलमा, विशेष गरी न विश्वासीहरुलाई भूतप्रेत लाग्छ कि लाग्दैन? याँ करारको सुसमाचारका पत्रहरुमा, भूतप्रेत/भूतआत्मा लागेको थुप्रै उदाहरणहरू पाईन्छ (हेर्नुहोस्, मत्ति ४:२४; ८:१६, २८-३९; ९:३२-३३; १२:२२; १५:२२; १७:१८; मर्कूस १:३२; ५:१-२०; ७:२६-३०; लुका ४:३३-३६; ८:३६; २२:३; यूहन्ना १०:२१; प्रेरित १६:१६-१८ आदि)। भूतप्रेत/दुष्टआत्मा लाग्दा विविध लक्षणहरु देखा पर्न सक्छन्। कसै-कसैले असाधारण बल देखाउँनसक्छ; कसै-कसैले गोप्य वा अनौठो कुरा थाहा पाउन/प्रकट गर्नसक्छ (प्रेरित १६:१६-१८); कोही कोहीको मानसिक सन्तुलन गुम्न सक्छ (मर्कूस ५:१-२०); कोही गुँगो हुनसक्छ (मत्ति ९:३२); कोही बहिरो हुनसक्छ; कोही अन्धो हुनसक्छ (मत्ति १२:२२); कसै-कसैलाई छारेरोगको लक्षण देखा पर्नसक्छ (मत्ति १७:१४-१८); र कतिको भावनात्मक असन्तुलन हुनसक्छ। [याद गर्नुहोस्: यी लक्षणहरु दुष्ट-आत्मा बाहेक अन्य कारणहरुले पनि देखा पर्न सक्छ। यसकारण, प्रा...