काम, पैसा र परमेश्वर।

काम, पैसा र परमेश्वर। 

काम परमेश्वरले मानिसहरुको आवश्यकताहरू पूरा गर्न उनीहरूलाई दिनुभएको एउटा कमाउने वा जोहो गर्ने माध्यम हो। यसकारण, सबै मानिसहरूले आफ्नो क्षमता अनुसार असल कामहरु गरेर कमाउनु पर्छ र आफ्नो जीविका चलाउनु पर्छ । 

जब परमेश्वरले आदम र हव्वालाई बनाउनुभयो, तब उहाँले तिनीहरूलाई "हात बाँधेर बस, म आफै तिमीहरूलाई कमाएर खुवाउँछु भन्नुभएन।" बरु, उहाँले तिनीहरू "बगैंचामा लानुभई त्यसको गोडमेल र हेरचाह गर्न राख्नुभयो" (उत्पत्ति २:१५, १८), ताकि त्यहा उब्जनी हुने फलफूल उनीहरूको आहाराको लागि हुनेथियो (उत्पत्ति १:२८-२९)। 

संसारमा पापको प्रवेश पछि काम कठिन बनेको छ, तरै पनि परमेश्वरले यसलाई अर्को माध्यम दिएर हटाउनु भएको छैन। यसकारण, मानिसले अझै पनि आफ्नो आवश्यकताहरु पूरा गर्न काम गर्नु नै पर्छ (उत्पत्ति ३:१७-१९)। साथै, बाइबलमा कतै पनि काम श्राप हो भनी सिकाएको छैन। बरु, यो त एउटा परमेश्वरको अनुग्रही उपहार हो, जसद्वारा हालीले हाम्रो र अरूको आवश्यकताहरू पूरा गर्न र जीविका चलाउन सक्छौ। 

अल्छेहरुलाई चेतावनी दिँदै प्रेरित पावलले थेसलोनिकीका विश्वासीहरूलाई "कसैले काम गर्दैन भने त्यसले नखाओस" भनी आज्ञा दिएका थिए (२ थेसलोनिकी ३:१०)। पावल आफै पनि अति मेहनती र आफ्नो भार अरूलाई दिन नचाहने व्यक्ति थिए (३:७-८)। यसकारण, हामी सबै विश्वासीहरूले आ-आफ्नो क्षमता अनुसार असल कामहरु गर्नुपर्छ।

हामीले हाम्रो आवश्यकताहरु पूरा गर्न गर्ने कामहरु नैतिक हिसाबले नकार्न नसकिने हुनुपर्छ। किनकी, परमेश्वरले हरेक छल-कपट वा कु-माध्यमहरु घृणा गर्नुहुन्छ (हितोपदेश ११:१; १६:११; २०:२३)। 

हाम्रो काम वा कमाईहरु हाम्रै आवश्यकताहरू पूरा गर्न मात्र परमेश्वरले हामीलाई दिनुभएको हो भनी सोच्नु वा आफ्नै लागि मात्र प्रयोग गर्नु गलत हो। किनकी, उहाँले हामीलाई काम वा पैसा जुटाउनुको उद्देश्य हाम्रो आवश्यकता पूर्ति मात्र नभई उहाँको महिमाको लागि पनि हो (१ कोरन्थी १०:३१; कलासी ३:१७)। यसकारण, हाम्रो काम र कमाइले उहाँको महिमा हुनुपर्छ। 

हाम्रो काम र कमाइले तब मात्र पर्मेश्वरको महिमा हुन्छ जब हामीले यसलाई सही उद्देश्यका साथ, सही तरिकाले, सही ठाउँमा प्रयोग गर्छौं। उदाहरणको लागी, तपाईंले जुवा खेलेर कमाएको पैसामा उहाँ प्रसन्न हुनुहुन्न। न त तपाईंले पसिना बगाएर भारी बोकी कमाएको पैसा जुवा खेल्नेलाई दिदा उहाँको महिमा हुन्छ। तर, यदि तपाईंले सही काम असल तरिकाले गर्नुभयो र कमाएको पैसाले आफ्नो आवश्यकताहरु, परिवारको आवश्यकताहरु, खाँचोमा परेकाहरुको आवश्यकताहरु, मण्डलीको आवश्यकताहरु वा प्रभुको सेवा-प्रचार गर्ने कुराहरूमा प्रयोग गर्नुभयो भने यसले उहाँलाई महिमा मिल्छ र उहाँले तपाईलाई आशिष दिनुहुन्छ (प्रेरित २:४५; रोमी १५:२५-२७; १ कोरन्थी ९:९-१२; १ टिमोथी ५:१८; फिलिप्पी ४:१५-१६)। 

हामीले यो बुझ्न जरुरी छ की, हरेक असल काम र कमाई परमेश्वरबाट नै आउँछ (मालकी ३:६-१२; १ कोरन्थी ९:१०; १ टिमोथी ६:१७-१९)। यसकारण, हाम्रो असल काम र कमाईबाट उहाँको महिमा गर्नु हाम्रो प्रमुख कर्तव्य हो।

निष्कर्ष: काम (पैसा) कमाउन र आवश्यकताहरु पूरा गर्न परमेश्वरले उपहारस्वरूप जुटाउनु भएको एउटा माध्यम हो। यसलाई हामीले हाम्रो आफ्नै आवश्यकताहरु, हाम्रो परिवारको आवश्यकताहरु, खाँचोमा परेकाहरुको आवश्यकताहरु, मण्डलीको आवश्यकताहरु वा सुसमाचार प्रचारको आवश्यकताहरु पूरा गर्न प्रयोग गर्नुपर्छ, ताकि यस कार्यहरुद्वारा परमश्वरको महिमा हुन्छ र हामीलाई आशिष मिल्छ l हामीले गर्ने हरेक काम नैतिक हिसाबले सही वा स्वीकार्य हुनुपर्छ र हामीले कमाएको पैसा माथि बताएझै सही तरिकाले प्रयोग गरिनुपर्छ, तब मात्र यसले पर्मेश्वरलाई महिमा र काम गर्नेलाई आशिष मिल्छ। धन्यवाद।

ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।


Comments

Popular posts from this blog

मुक्ति

बाइबलले नरकको विषयमा के बताएको छ?

गूड फ्राइडे (असल शुक्रबार)