बाइबलले मण्डलीहरुमा महिला पास्टर बन्न अनुमति दिएको छ कि छैन?
यो विषय नेपाली इसाई मण्डलीहरूमा उत्तेजनाको बिषय बन्नसक्छ। किनकि, थुप्रै मण्डलीहरुले आजकाल महिलाहरुलाई पास्तरीय ओहदामा नियुक्त गर्ने गरको पाईन्छ। तर वास्तवमा, के यो कार्य बाइबल संवत् छ? के परमेश्वरले महिलाहरु प्रति आफ्नो योजना परिवर्तन गर्नु भएको हो?
यी प्रश्नहरूको जवाफ हामीले पावलको पास्टरीय पत्र, अर्थात् पहिलो तिमोथी दुई अध्यायमा पाउन सक्छौं। यहाँ यस्तो लेखिएको छ: "स्त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्। तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्। किनभने आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हव्वा। आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।" (१ तिमोथी २:११-१४)।
यसै नसामा पावलले पहिलो कोरिन्थीको पुस्तकमा यस्तो लेखेका छन्: "स्त्रीहरू मण्डलीको सभामा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्। केही कुराको बारेमा तिनीहरू सोध्न चाहन्छन् भने घरमा आ-आफ्ना पतिलाई सोधून्। किनभने मण्डलीमा स्त्रीहरूले बोल्नु शर्मको कुरो हो।" (१ कोरिन्थी १४:३४-३५)।
यी आज्ञाहरू परमेश्वरले प्रेरित पावलद्वारा मण्डली आराधना सभाको निम्ति दिनुभएको निर्देशनहरू हुन। यी खण्डहरुको अनुसार, महिलाहरुलाई मण्डलीहरुको आराधना सभाहरूमा सिकाउने वा आधिकारिक ओहदा ओगट्ने अनुमति दिईएको छैन। अर्को शब्दमा भन्नुपर्दा, उनीहरूलाई पस्तारीय सेवाकाईको अनुमति दिईएको छैन। यस आज्ञा दिनुमा पावलले दुई कारणहरू देखाउँछन्।
पहिलो कारण, परमेश्वरले हब्बलाई भन्दा पहिले आदमलाई सृजनु भनेको थियो। उहाँले हब्बालाई बनाउनुको उद्देश्य अदमको शिर नभई सहयोगी बन्नको लागि थियो (हेर्नुहोस्, उत्पति २:१५-२४ र १ कोरिन्थी ११:३)। यसकारण, काम वा जिम्वेवारीहरुको हिसाबमा, पुरुषहरूलाई परिवार वा मण्डलीहरुको नेतृत्व गर्न र स्त्रीहरूलाई सहयोगी बन्न परमेश्वरले सृजना गर्नु भएको हो। यसको अर्थ यो होइन कि महिलाहरु पुरुषहरु भन्दा कम मूल्यको हुन्छन्। किनकी, आत्मिक रूपमा दुवै महिला र पुरुषहरु परमेश्वरको अगाडी बराबर छन् (गलती ३:२८) र दुवैलाई परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको छ।
पावलले दिईएको दोस्रो कारण पापसँग जोडिएको छ। उनी लेख्छन: "आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।" उनको अर्थ यो होइन कि महिलाहरु पुरुषहरु भन्दा छिटै पाप तिर लाग्छन्। तर, जब परमेश्वरले निर्धारण गर्नुभएको ब्यबस्था वेवास्था गरिन्छ, तब सबै प्रकारको समस्या उत्पन्न हुन्छ। यसकारण, मण्डली वा परिवार दुवैमा उहाँले स्थापना गर्नु भएको ब्यबस्था [God ordained order] पछ्याउनु बुद्धिमानी हुनेछ।
तर महिला/स्त्रीहरूलाई बालबालिकाहरू, आमा दिदीबहिनीहरु र घरमा भने पुरुषहरूलाई समेत सिकाउने अनुमति दिईएको छ (हेर्नुहोस्, २ तिमोथी ३:१५; तितस २:४; प्रेरित १८:२४-२८)। वास्तवमा, सेवाकाई क्षेत्रमा महिलाहरुको भूमिका अत्यन्त महत्वपूर्ण छ। श्रीमानहरु सेवाकाईमा सफल हुने वा नहुने भन्ने कुरामा श्रीमतीहरुको ठूलो हात हुन्छ।
यसकारण, दिदी-बहिनीहरु हो, सेवाकाई गर्न कुनै मण्डलीको पास्टर वा नेतृत्वको ओहदा नै चाहिन्छ भन्ने छैन। तपाईहरुले आफ्नो बालबालिकाहरू, आमा दिदीबहिनीहरु वा व्यक्तिगत रूपमा सिक्न चाहने पुरुषहरूलाई सहायता गरेर प्रभुको काममा अघि बढ्न सक्नुहुनेछ। यो नसम्झनुहोस् कि प्रभुले तपाईलाई सुम्पनु भएको जिम्वेवारी सानो छ। परिवार सेवाकाईको अति ठूलो अंश हो र तपाईलाई यसको हेरचाह गर्ने जिममेवारी उहाँले दिनुभएको छ। गम्भीर भई यसलाई समाल्नुहोस। उहाँले आशिष दिनुहुनेछ।
निष्कर्ष: [We are equal in essence but different by design!] अस्तित्व वा आत्मिक स्थानको हिसाबले दुवै महिला र पुरुषहरु परमेश्वरको अगाडि बराबर छन्। तर, काम वा कर्तव्यको हिसाबमा, उनीहरू अलग छन्। परमेश्वरले पुरुषहरूलाई परिवार वा मण्डलीको नेतृत्वको भार सुम्पनु भएको छ, भने महिलाहरुलाई सहयोगी बनि परिवार तथा मण्डलीमा सघाउने जिम्वेवारी सुम्पनु भएको छ। यसर्थमा, परमेश्वरले आफ्नो योजना परिवर्तन गर्नुभएको छैन। यसकारण, यदि यी दुवैले आ-आफ्नो जिममेवारीहरु इमान्दारितापूर्वक बहन गर्ने हो भने, सेवाकाई फलदायक र आशिषमय बन्नेछ। धन्यवाद!
ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।
Comments
Post a Comment