बाइबलले मण्डलीहरुमा महिला पास्टर बन्न अनुमति दिएको छ कि छैन?

बाइबलले मण्डलीहरुमा महिला पास्टर बन्न अनुमति दिएको छ कि छैन? यो विषय नेपाली इसाई मण्डलीहरूमा उत्तेजनाको बिषय बन्नसक्छ। किनकि, थुप्रै मण्डलीहरुले आजकाल महिलाहरुलाई पास्तरीय ओहदामा नियुक्त गर्ने गरको पाईन्छ। तर वास्तवमा, के यो कार्य बाइबल संवत् छ? के परमेश्वरले महिलाहरु प्रति आफ्नो योजना परिवर्तन गर्नु भएको हो? यी प्रश्नहरूको जवाफ हामीले पावलको पास्टरीय पत्र, अर्थात् पहिलो तिमोथी दुई अध्यायमा पाउन सक्छौं। यहाँ यस्तो लेखिएको छ: "स्त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्। तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्। किनभने आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हव्वा। आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।" (१ तिमोथी २:११-१४)। यसै नसामा पावलले पहिलो कोरिन्थीको पुस्तकमा यस्तो लेखेका छन्: "स्त्रीहरू मण्डलीको सभामा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्। केही कुराको बारेमा तिनीहरू सोध्न चाहन्छन् भने घरमा आ-आफ्ना पतिलाई सोधून्। किनभने ...