Posts

Showing posts from July, 2021

प्रभुभोज [Lord's Supper]

Image
प्रभुभोज [Lord's Supper] "जुन रात उहाँ पक्राउ पर्नुभयो, त्‍यो रात प्रभु येशूले रोटी लिनुभयो, र धन्‍यवाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो, र भन्‍नुभयो, “यो तिमीहरूका निम्‍ति मेरो शरीर हो। यो मेरो सम्‍झनाको निम्‍ति गर ।” त्‍यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्‍झनामा यो अक्‍सर गर। ”" (१ कोरिन्थी ११:२३६-२५)। प्रभूभोज येशू ख्रीष्टले मण्डलीको निम्ति स्थापन गर्नुभएको दुई विधिहरु मध्येको एक विधि हो (मत्ति २६:१७-३०; मर्कूस १४:१२-२६; लुका २२:७-२३; यूहन्ना १३:२१-३०)। यो विधि उहाँले आफू पक्राउ पर्नुभएको रातमा स्थापन गर्नुभएको थियो (१ कोरन्थी ११:२३-२५)।  बाइबलमा प्रभुभोजलाई जनाउन अन्य विभिन्न वाक्यांशहरु पनि प्रयोग गरिएको छ। ती वाक्यांशहरु यसप्रकार छन्: "रोटी भँचाई" (प्रेरित २:४२; २०:७); "सहभागिता" (१ कोरन्थी १०:१६); "प्रभुको टेबल" (१ कोरन्थी १०:२१)। अङ्ग्रेजी भाषामा यसलाई लोर्डस सपरको (Lord's Supper) अलावा कहिले-काहिँ युक्यारीस्ट (Eucharist) पनि भनिन्छ र रो...

काम, पैसा र परमेश्वर।

Image
काम, पैसा र परमेश्वर।  काम परमेश्वरले मानिसहरुको आवश्यकताहरू पूरा गर्न उनीहरूलाई दिनुभएको एउटा कमाउने वा जोहो गर्ने माध्यम हो। यसकारण, सबै मानिसहरूले आफ्नो क्षमता अनुसार असल कामहरु गरेर कमाउनु पर्छ र आफ्नो जीविका चलाउनु पर्छ ।  जब परमेश्वरले आदम र हव्वालाई बनाउनुभयो, तब उहाँले तिनीहरूलाई "हात बाँधेर बस, म आफै तिमीहरूलाई कमाएर खुवाउँछु भन्नुभएन।" बरु, उहाँले तिनीहरू "बगैंचामा लानुभई त्यसको गोडमेल र हेरचाह गर्न राख्नुभयो" (उत्पत्ति २:१५, १८), ताकि त्यहा उब्जनी हुने फलफूल उनीहरूको आहाराको लागि हुनेथियो (उत्पत्ति १:२८-२९)।  संसारमा पापको प्रवेश पछि काम कठिन बनेको छ, तरै पनि परमेश्वरले यसलाई अर्को माध्यम दिएर हटाउनु भएको छैन। यसकारण, मानिसले अझै पनि आफ्नो आवश्यकताहरु पूरा गर्न काम गर्नु नै पर्छ (उत्पत्ति ३:१७-१९)। साथै, बाइबलमा कतै पनि काम श्राप हो भनी सिकाएको छैन। बरु, यो त एउटा परमेश्वरको अनुग्रही उपहार हो, जसद्वारा हालीले हाम्रो र अरूको आवश्यकताहरू पूरा गर्न र जीविका चलाउन सक्छौ।  अल्छेहरुलाई चेतावनी दिँदै प्रेरित पावलले थेसलोनिकीका विश्वासीहरूलाई "कसैले काम गर्द...

पानीको बप्तिस्मा [Water Baptism]

Image
  पानीको बप्तिस्मा [Water Baptism] पानीको बप्तिस्मा येशू ख्रीष्टले मण्डलीको निम्ति स्थापना गर्नुभएको दुई विधिहरु मध्येको पहिलो एक विधि हो। यो विधि उहाँ आफू स्वर्गारोहण हुनुअघि आफ्नो चेलाहरूलाई पालन गर्न दिनुभएको थियो: "“स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।  यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”" (मत्ती २८:१८-२०)। यसकारण, अरु कुनै कारण नै नभए पनि यो उहाँको आज्ञा पालनको खातिर पानीको बप्तिस्मा लिन अनिवार्य छ। पानीको बप्तिस्मा लिनुको अर्को कारण हो यसले हामीलाई विश्वासमा बलियो र साहसी बन्न सहायता पुर्याउँछ। जब हामीले प्रभुलाई स्वीकार गरेको कुराको साक्षी मानिसहरूको सामु बप्तिस्माद्वारा दिन्छौं, तब यसले हामीलाई डर र लाज देखि स्वतन्त्र तुल्याउँछ। यति मात्र नभई, पानीको बप्तिस्माले हामीलाई हामी उहाँसँगै हाम्रो पापको खातिर मरेको, गाडिएको र नयाँ भई उठेको कुराको बोध गराउँछ, जसले हामीला...

इसाई अन्त्येष्टि

Image
विश्वासीको देह: दहन कि दफन?   मृत्यु एउटा उम्कन नसकिने घटना हो, जसले हरेक जीवित प्राणीहरु वा थोकहरुलाई एकदिन आफ्नो सिकार बनाउँछ। "कुनै पनि मानिससँग आत्मा रोकीराख्न सक्ने शक्ति विश्वासीको देह: दहन कि दफन? छैन, न त मृत्युको दिन माथि नै" (उपदेशक ८:८, लेखकको अनुवाद)। यसकारण, "मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ" (हिब्रु ९:२७)। हालै नेपाली ख्रीष्टियान मण्डलीको अति नै प्रभावशाली र आदरणीय व्यक्ति, प्रभुको दास रोबर्ट कार्थक ज्यु को मृत्युले इसाई समुदायमा दाहसंस्कार सम्बन्धी ठूलो विचार भेद निम्त्याएको देखिन्छ। उहाँलाई दफन नगरी दहन गरिएको थियो। (दफन गर्नु भनेको जमीनमा गाड्नु हो र दहन गर्नु भनेको जलाउनु हो)। नेपालमा अधिकांस विश्वासीको मृत शरीरलाई दफन गर्ने चलन छ। यसकारण, यस विषयमा सामाजिक सञ्जालमा धेरै चर्चा परिचर्चा भइरहेको पाईन्छ। तर वास्तवमै, विश्वासीको दाहसंस्कार विधि के हो? के दहन गर्नु पाप हो त? बाइबलले के भन्छ? के दफन अनिवार्य हो? आउनुहोस् बाइबलीय सर्वेक्षण गरौं। बाइबलमा पहिलो पटक दाहसंस्कारको विषयमा उत्पति २३ ले बताउँछ। यस अघि थुप्रै व्यक्तिहरूको निधन भएको भएता प...

Care The Creation!

Image
Care The Creation! The English word "Environment" comes from the French word "Environ", which means "surrounding". Therefore, environment refers to things which are around us.  As believers we know from the Bible that God created everything, including us humans. First book of the Bible tells us that He did create everything within six days.  Obviously, the purpose of His creation was not the destruction of it after a shortwhile. Instead, He created it so that man could enjoy it. Few verses in Genesis reveal this fact: "Then God said, “Let us make man in our image, after our likeness. And let them have dominion over the fish of the sea and over the birds of the heavens and over the livestock and over all the earth and over every creeping thing that creeps on the earth.” So God created man in his own image, in the image of God he created him; male and female he created them. And God blessed them. And God said to them, “Be fruitful and multiply and fi...

मुक्ति

Image
विश्वासद्वारा अनुग्रहले ख्रीष्ट येशूमा मात्र मुक्ति पाईन्छ। लगभग आठ अर्ब जनसंख्या भएको हाम्रो विश्वमा ६८ सय भाषाहरू र ६३ सय धर्महरू छन् भन्ने अनुमान विज्ञहरुले गरेका छन्। तर, इसाई विश्वास बाहेक--जो बाइबलमा आधारित छ--अरु कुनै पनि धर्महरुले विश्वासद्वारा अनुग्रहले मुक्ति पाईन्छ भन्ने कुरा सिकाउँदैन।  अरु धर्महरूका अनुसार व्यक्तिको मुक्ति उसको काममा आधारित हुन्छ। यसकारण, यदि कसैले असल काम गर्छ भने उसले मुक्ति पाउँछ, तर गर्दैन भने पाउँदैन। तर, इसाई विश्वास अनुसार व्यक्तिको मुक्ति उसको काममा नभई उसलाई बचाउने मुक्तिदाताको काममा आधारित छ। किनकि, सबै मानिसहरू पापी छन् (रोमी ३:१०-२३)। पापले मानिसलाई अशक्त बनाएको छ र पापी मानिस आफैले आफूलाई यस अवस्थाबाट बचाउँन केही गर्न सक्दैन (एफिसी २:१-५)। उसले गरेको हरेक काम पापले गर्दा आफ्नो उदारको लागि अशुद्ध र अपूर्ण भएको छ। र अन्त्यमा उसलाई उसको पापले नरक पुर्याउँछ। यसकारण, यदि कुनै व्यक्तिले मुक्ति पाउने हो भने उसले आफ्नो काममा नभई उसलाई बचाउने मुक्तिदाता र उहाँको काममा आफ्नो विश्वास (भरोसा) राख्नुपर्छ। तर के आफैले बचाउँन नसक्ने मानिसहरूको निम्ति बचा...

सुसमाचार

Image
सुसमाचार भनेको के हो?  संसार पापले भरिएको छ। मानिसहरु पापी छन्। यसको निम्ति प्रमाणहरु खोज्न कतै गइरहन् जरुरी हुन्न। पहिलो दोस्रो विश्वयुद्ध र हालै म्यानमार (बर्मा) मा भइरहेको घटनालाई नियाल्दा प्रष्ट हुन्छ: मानिस क्रुर, निर्दयी, लोभी, आतङ्ककारी, अहंकारी, अत्याचारी, दुराचारी, व्यविचारी, फटाह, र स्वार्थी छ। (रोमी ३:११-१८, २३)। तर परमेश्वर जसले मानिसलाई बनाउनु भयो: उहाँ पवित्र (१ पत्रुस १:१५), धर्मी (२ इतिहास १२:६) र न्यायी (व्यवस्था ३२:३६) हुनुहन्छ, जसले पापलाई घृणा गर्नु हुन्छ (हबकुक १:१३क) तर पापीलाई बचाउन चाहनुहुन्छ (रोमी ५:६-८; २ कोरन्थी ५:२१)। पाप र परमेश्वर कहिलै एक हुन् सक्दैन। पाप परमेश्वरको निम्ति यति घृणित छ कि, उहाँले यसलाई हेर्नु पनि सक्नुहुन्न (हबकुक १:१३क)। र पापी मानिस उहाँ सँग संगत गर्न सक्दैन।  पापको ज्याला मृत्यु र नरक हो (रोमी ३:२३)। जसरी मानिसको परिश्रमले पैसा कमाउँछ, त्यसरी नै उसको पापले उसलाई नरक कमाइदिन्छ, जसबाट उ उम्कन सक्दैन।  तर परमेश्वर मानिस नरक गएको चाहनु हुन्न (२ पत्रुस ३:९)। उनीहरूले दुःख भोगेको, पीडा सहेको चाहनु हुन्न। किनकी मानिस उहाँको आफ्...

गूड फ्राइडे (असल शुक्रबार)

Image
गूड फ्राइडे (असल शुक्रबार) विश्वभरि प्राय जसो सबै इसाईहरुले प्रत्येक वर्ष गूड फ्राइडे अर्थात् असल शुक्रबार मनाउने गर्दछन्। तर वास्तवमा, यो भनेको के हो? किन यो मनाईन्छ? के यसमा कुनै फाइदाका कुराहरू छन्? गूड फ्राइडे प्रत्येक वर्षमा एक पटक आउने एउटा यस्तो दिन हो जुन दिन ख्रीष्टका जनहरुले उहाँलाई क्रूसमा टाँगिएको घटनालाई स्मरण गर्ने गर्दछ। वास्तवमा आज भन्दा झण्डै दुई हजार वर्ष अघि शुक्रबारको दिन येशु ख्रिष्टले भोग्नु परेको दुःखलाई नियाल्दा यो दिनलाई असल शुक्रबार भन्न गाह्रो छ, तर यसलाई असल शुक्रबार भनिनुको कारण छ:  सबै मानिसहरू पापी छन् र यदि ख्रीष्ट येशूले मानिसहरूको पापको निम्ति ती पीडाहरू, ती चोटहरू, ती दुःखहरू सहन यस संसारमा नआउनु भएको भए, हाम्रो पाप बोकेर क्रूसमा नमर्नु भएको भए अझै सम्म हाम्रो पाप क्षमा हुँदैन थियो। हामी हाम्रो पापमा नै नष्ट हुने थियौं। र हामीहरू नरक जानु पर्ने हुन्थ्यो। उहाँलाई धन्यवाद होस किनकी उहाँ यस संसारमा आउनु भयो। शुक्रबारको दिन क्रूसको दुःख सहनु भयो। हाम्रो पापको निम्ति मर्नु भयो। र तेस्रो दिनमा जिवित भई उठ्नु भयो (जुन दिनलाई हामी इस्टर संडे अर्थात् पुनरु...

खाने कि नखाने?

Image
  विश्वासीहरुले जनावरको रगत वा रगत भएको मासु खान मिल्छ कि मिल्दैन? यो प्रश्न म भारतको ब्याङलोर शहरमा रहेको एक बाइबल कलेजमा अध्ययन गर्दैगर्दा उब्जिएको प्रश्न हो। त्यहाँका साथीहरुले, विशेष गरी नागाल्याण्ड र मणिपुर प्रान्तका साथीहरुले, कुनै संकोच नै नमानी रगत (पकाएर) खाने गरेको कुरा पहिलो पटक सुन्दा मलाई सारै अचम्म र अनौठो लागेको थियो। म आफै पनि हिन्दू हुँदा खाएको भएपनि, इसाई विश्वासमा आएपछि मण्डलीको अगुवाहरूले खान हुन्न भन्ने सुनेको र प्रेरित १५ बाट पढेको हुनाले मैले खान्न थिए। मलाई लाग्थ्यो यो खानु पाप गर्नु हो र यसले परमेश्वरबाट दण्ड निम्त्याउँछ। तर, त्यहाँको त्यो अनुभवले मलाई यस विषयमा अझ गहिरिएर अध्ययन गर्न र वास्तविकता थाहा गर्न बाध्य साथै उत्सुक बनायो।  नेपालको सन्दर्भमा, अहिलेसम्म पनि यदि कोही इसाई विश्वासीहरुलाई यो प्रश्न सोधियो भने प्राय अधिकांशको जवाफ साधारणतया "हुन्न" भन्ने आउँछ। तर, गहन र तार्किक विश्लेषण भने भेटाउन गाह्रो छ।  यस्तो बाइबलीय सन्दर्भहीन सामान्य "हुन्न" मात्र भन्ने जवाफ अहिलेको यो समयमा अपुग र अल्छी देखिन्छ। यति मात्र नभई यस्तो फितलो र खोक्रो...

दशांश

Image
नेपलाको थुप्रै मण्डलीहरूमा आज पास्टरहरुले विश्वासीहरूलाई उनीहरूले दिने दशांश हेरी व्यवहार गर्ने गरेको पाईन्छ। "दशांश दिउँनजेल राम्रो व्यवहार गर्ने र दिन छोडेपछि वेवास्था गर्ने गर्छन्" भन्ने थुप्रै गुनासोहरु विश्वासीहरूबाट सुन्न पाईन्छ। त्यतिमात्र नभई "दशांश नदिनु भनेको त परमेश्वरलाई लुट्नु हो, पाप गर्नु हो" भनी तर्साउने गर्छन्। केही अवलोकन पश्चात किन यसो भनियो वा गरियो भन्ने प्रश्नहरुको तीन जवाफहरु पाए:  १. उनीहरू दशांश सम्बन्धी बाइबलीय शिक्षामा अनजान भएर;  २. आफ्नै व्यक्तिगत लोभ र लालचले गर्दा; र  ३. माथिका यी दुवै कारणले गर्दा।  तर के विश्वासीहरूले दशांश दिनै पर्छ त? बाइबलले दशांशको बारेमा के सिकाउँछ? (दशांशा सम्बन्धी विश्वासीहरूले ठूलो जिज्ञासा देखाएको हुँदा, यहाँ थप जनकारी र स्पष्टीकरण प्रस्तुत गर्दछु!) दशांश भन्ने शब्द बाइबलमा ३२ पटक उल्लेख भएको छ। ती मध्ये, नयाँ करारमा यो शब्द मात्र ७ पटक उल्लेखित छ। विश्वासीहरूले मण्डलीमा दशांश दिनुपर्छ कि पर्दैन भन्ने विषयमा थाहा पाउन अघि, पहिला दशांश भनेको के हो? बाइबलमा के के को दशांश दिइन्थ्यो? क-कसले दिन्थ्यो? कसलाई दिइन...

मर्कूस १६:९-२०: के यो खण्ड बाइबलमा हुन जरुरी छ?

Image
मर्कूस १६:९-२०  के यो खण्ड बाइबलमा हुन जरुरी छ? १. मर्कूस १६:९-२० सबै भन्दा पुरानो, भरपर्दो र आदर गरिएका ग्रीक पाण्डुलिपीहरु, अर्थात् कोडेक्स सिनाइटिकस र कोडेक्स भ्याटिकनस, मा छैन।* २. क्लेमेन्ट, ओरिजेन, र युसेबियस लगायत धेरै प्रचीन मण्डली पिताहरुले यो खण्ड रहेको ज्ञान देखाउँदैनन्। धेरै पाण्डुलिपीहरुमा यो खण्ड नभएको कुरा क्लेमेन्ट आफैले स्वीकार गरेका छन्। ३. यस खण्ड उल्लेखित पाण्डुलिपीहरुमा पनि थपिएको कुरा देखाउन चिन्हद्वारा अंकित गरिएको छ।  ४. यस खण्डमा पाईने शब्दहरू र शैली मर्कूसको सुसमाचारको अन्य खण्डहरूमा भन्दा भिन्न छन्। माथिका बुँदाहरूद्वारा यो प्रष्ट हुन्छ कि मर्कूस १६:९-२० बाइबलको मूल अंश होइन। यो कुनै शास्त्रीले पछि थपेको खण्ड हो। त्यसोभए, के यो खण्ड बाइबलमा हुन आवश्यक छ त? कुनै पनि बाइबलीय शिक्षामा वा सिदान्तमा यस खण्डले केही नयाँ कुरा थपघट वा असर नगर्ने भएकोले, मेरो विचारमा, यस खण्डलाई बाइबल भित्र समावेश गर्न जरुरी नै नभए पनि हटाउन आवश्यक छ जस्तो लाग्दैन। तर, यस खण्ड भित्र भएका कुराहरूको व्याख्या भने होसियार साथ अन्य खण्डहरूको प्रकाशमा गरिनु पर्छ। विशेष गरी यस खण्डब...

सर्पहरू खेलाउने देखि होसियार!

Image
हालै दुई अन्तराष्ट्रिय समाचारहरुले मलाई अति अचम्मीत र दुःखी तुल्यायो। एक समाचार थियो अमेरिकामा सर्प खेलाउने पास्टरको सर्पको टोकाइबाट मृत्यु र अर्को थियो रोमानियामा ६ वर्षको बच्चाको बप्तिस्माको कारणले भएको मृत्यु। साँच्चै बाइबलको गलत बुुझाई र लागुले मान्छे मर्छ वा मार्छ: पहिलो समाचारमा पास्टरको आफ्नै असामयिक मृत्यु भयो र दोस्रो समाचारमा एक निर्दोष बच्चाको अप्रत्यक्ष रूपमा हत्या गरियो! नेपालमा पनि आज केही पास्टरहरु र थुप्रै विश्वासीहरु बाइबलीय शिक्षामा अनजान तर भावना र कल्पनाको बहानमा उच्च देखिन्छ, जसले भविष्यमा यस्तो किसिमको परिस्थितिहरु ननिम्त्याउला भन्न सकिन्न। यसकारण, बाइबललाई सटीक र सन्दर्भमा बुझ्ने कोसिस गरौं। अनि आफू बचौं र अरूलाई पनि बचाउँ।  आज हामी माथि उल्लेखित अमेरिकाको पास्टरले बुझ्न नसकेको खण्डलाई, जसले उसको आफ्नै मृत्यु निम्त्यायो, संक्षिप्त रूपमा सिक्नेछौं। उक्त खण्ड यस प्रकार छ: "विश्‍वास गर्नेहरूसँग यी चिन्‍हहरू हुनेछन्‌— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्‍नेछन्, तिनीहरूले सर्पहरू समात्‍नेछन्‌ र कुनै विषालु कुरा पिए तापनि कुनै किस...

बाइबल के हो?

Image
बाइबल के हो? बाइबल एक अद्वितीय परमेश्वरको प्रेरणाद्वारा लेखिएको ६६ पुस्तकहरूको संकलन हो, जसमा परमेश्वरको पवित्रता, मानिसहरूको पाप, परमेश्वरको प्रेम र पापीहरूको छुटकाराको विषयमा लेखिएको छ। बाइबलमा दुई मुख्य भागहरु छन्: १. पुरानो करार र २. नयाँ करार। पुरानो करारमा ३९ ओटा पुस्तकहरू छन् भने नयाँ करारमा २७ ओटा पुस्तकहरू छन।    बाइबलमा जम्मा ११८९ अध्यायहरू र ३११०२ पदहरू छन्। पुरानो करारमा ९२९ अध्यायहरू र २३१४५ पदहरू छन् भने, नयाँ करारमा २६० अध्यायहरू र ७९५७ पदहरू छन्। दैनिक रूपमा ३ देखि ४ अध्याय अध्यायन गर्ने हो भने बाइबललाई १ वर्ष भित्र अध्ययन गरी सकाउन सकिन्छ। बाइबलको सबै भन्दा लामो अध्याय भजनसंग्रह ११९ हो र सबै भन्दा छोटो अध्याय भजनसंग्रह ११७ हो। दुवै अध्यायहरू बाइबलको एउटै भाग र पुस्तक बाट हुन। बाइबलको मध्य अध्याय भजनसंग्रह ११८ हो र यो बाइबलको ५९५ औं अध्यायमा पर्छ। बाइबलको मध्य अध्यायमा नै मध्य पद पर्दछ र त्यो पद भजनसंग्रह ११८:८ हो, जहाँ यसरी लेखिएको छ: "परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।" बाइबलको सबैभन्दा छोटो पद यूहन्ना ११:३५ हो, जसमा मात्र दुई ...